आइएमई लाइफ बुटवलद्वारा मृत्यु दावी भुक्तानी

बुटवल,  ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखा कार्यालयले २ लाख ७५ हजार रुपैयाँको मृत्यु दावी भुक्तानी गरेको छ । केही महिना अगाडि मृत्यु भएकि बुटवल उपमहानगरपालिका नयाँगाउँ निवासी स्वर्गीय सुन्तली रायमाझी को परिवारलाई उक्त रकम प्रदान गरेको हो । कम्पनीले उक्त रकम स्वर्गीय बीमितका श्रीमान धन बहादुर रायमाझीलाई प्रदान गरेको हो ।

आईएमई लाइफ इन्स्योरेन्स क.लि. का क्षेत्रीय शाखा प्रवन्धक राजेन्द्र पन्थी , बुटवल शाखा प्रमुख नारायण गौतम, क्षेत्रीय संयोजक बिष्णु दवाडी सहितको सहभागितामा बीमितको घरमै पुगेर चेक हस्तान्तरण गरिएको हो । रायमाझीले करिब ३ वर्ष अगाडी मात्र आईएमई लाइफ इन्स्योरेन्समा बीमा गर्नुभएको थियो । दावी भुक्तानी रकम हस्तान्तरण गर्दै क्षेत्रीय शाखा प्रमुखले बिमाको महत्व प्रकाश पार्दै जीवन बिमा अनिवार्य रहेकोले सबैले जीवन बीमा गराउनु पर्ने बताउनु भएको थियो । कार्यक्रममा आईएमई लाइफका कर्मचारी,एजेन्सी मेनेजर निलकन्ठ भुसाल , विजय फुँजाली, स्मृति खत्री तथा स्थानीयको सहभागिता रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार