
कपिलवस्तुको शिवराज नगरपालिकामा समुदाय स्तरमा स्वास्थ्य जीवनशैली सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको छ ।
दैनिक जिवनमा प्रयोग गरिने खाद्य सामाग्री एवम् स्थानीय स्तरमा उपलब्ध जडिबुटी,मसला र औसधियुक्त जडिबुटीको कसरी प्रयोग गरेर शरीर स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा अभिमुखिकरण भएको थियो ।दैनिक खानपान ,शारीरिक ध्यान ,शारीरिक ब्यायाम लगायतका विषयमा अभिमुखिकरण भएको हो ।
नागरिक आरोग्य सेवा केन्द्र शिवराज नगरपालिकाको आयोजना ,शिवराज नगरपालिका वडा नम्बर ५ को आयोजना भएको अभिमुखिकरण वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेको अध्यक्षता रहेको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत बाबुराम पौडेलको प्रमुख आतिथ्यता थियो ।अभिमुखिकरणमा ६० जना बढीको सहभागीता रहेको थियो ।