
कपिलवस्तु-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वयिु) जिल्ला कमिटीले संगठनको ६० औं स्थापना दिवश उदाहरणिय शैक्षिक कार्य गरि मनाएको छ । अनेरास्ववियु कपिलवस्तुले संगठनको स्थापना दिवसको अवसरमा वालवालिकाहरुलाई झोला सहित विभिन्न शैक्षिक सामग्री प्रदान गरेको अनेरास्ववियु कपिलवस्तुका अध्यक्ष बिष्णु घिमिरेले जानकारी दिनुभयो । जनकल्याण आधारभुत विद्यालय बुद्धभूमि ४ बुड्ढीका कक्षा १ देखि ३ सम्मका सम्पुर्ण बालबालिकाहरुलाई प्रति विद्यार्थी झोला, कपि, पेन्सिल प्रदान गरिएको हो ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरुको शैक्षिक स्तरलाई अझ सुदृढ बनाउने उद्देश्यले संगठनको स्थापना दिवसमा सामग्री वितरण गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो । जिल्ला कमिटी अध्यक्ष घिमिरेले संगठनले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दै अनेरास्ववियु विद्यार्थीको हक हित र शैक्षिक गुणस्तरमा लागिरहने बताउनुभयो ।
कार्यक्रममा नेकपा ९एमाले० जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल, उप–सचिव सुशिला दर्लामी, पार्टीका बुद्धभूमि नगर कमिटी अध्यक्ष धुर्व न्यौपाने, जिल्ला कमिटी सदस्य नवराज लामिछाने, बिकास आचार्य, दयाराम पौडेल, अनेरास्ववियु प्रदेश कोषाध्यक्ष अन्जित खनाल लगायत अनेरास्ववियुका विद्यार्थी नेताहरुको उपस्थिती रहेको कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटी सचिव निशान खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।