मदन, आश्रित स्मृति दिवसको अवसरमा चन्द्रौटामा सरसफाई

कपिलवस्तु –
नेकपा एमाले शिवराज नगर कमिटीले ३१ औं मदन, आश्रित स्मृति दिवसको अवसरमा कपिलवस्तुको चन्द्रौटा बजारमा सरसफाई कार्यक्रम गरेको छ । सन्जिवनी समुदायिक अस्पताल देखि पार्टि कार्यालय तथा ब्यापार संघ सम्म सरसफाई गरी पार्टि कार्यालयमा पुगेर मदन, आश्रितको फोटोमा माल्यार्पण गरी स्मृति दिवस मनाइएको हो ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारीले मदन भण्डारीको योगदानबाट एमाले पार्टि यहाँसम्म आउन सफल भएको उल्लेख गर्दै नेपालको नभएर एसीया कै कम्युनिस्ट इतीहासमा भण्डारी अमर नेता रहेको बताउनुभयो । २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मारिनुअघिको खुला राजनीतिमा मदन भण्डारी जुन चर्चामा रहनुभयो, आज पनि कम्युनिस्ट आन्दोलनभित्रका बहसहरूमा त्यत्तिकै केन्द्रमा रहने गरेको बताउनुभयो ।

त्यस्तै जिल्ला कमिटी सचिव सिवी गहतराजले भण्डारीको निधनबाट नेपाली कम्युनिष्ट एवं लोकतान्त्रिक आन्दोलनले अपूरणीय क्षति व्यहोेरेको बताउदै एमालेले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद जबज लाई पार्टीको सिद्धान्त बनाएको बताउनुभयो ।

कार्यक्रममा एमाले शिवराज नगर कमिटीका कार्यवाहक अध्यक्ष महादेब पोख्रेलले अबको दिनमा एमालेले यस्तै खालका रचनात्मक कार्यक्रमहरु लिएर जनतामाझ जानुपर्ने उल्लेख गर्नुभयो । प्रत्यक महिनामा शिवराजका प्रत्यक वडामा कार्यक्रमहरु मर्फत एमालेले गरेका कामहरु लिएर पुगेमा मात्र पार्टि बलियो बनाउन सकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला कमिटी सदस्यहरू, विभिन्न विभागका सदस्यहरु, नगर कमिटी पदाधिकारी तथा सदस्यहरू लगायत एमाले पार्टी नेता तथा कार्यकर्ताहरूको सहभागीता रहेको थियोे ।

धेरै पढिएको

ताजा समाचार