
कपिलवस्तु -शिवराज नगरपालिका २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेको छ ।
बजेट, नीति तथा कार्यक्रमको तयारी शुरु हुँदै गर्दा शिवराज नगरपालिकाले आम नागरिकसँग राय ,सुझाव माग गगरेको छ ।नगरपालिकाको आगामी आर्थिक वर्ष ०८१।०८२ को लागि नीति तथा कार्यक्रम, बजेट तर्जुमा र योजना छनौटको लागि नगरपालिकाले नगरका सबै बर्ग समेटिने गरि नीति तर्जुमा गर्न राय संकलन गर्न लागेको नगर प्रमुख अजय थापाले बताउनु भयो ।
नगरपालिका ले एक सूचना जारी गर्दै आम नागरिकको आवाज र सुझावलाई आगामी वर्षको निति ,कार्यक्रममा समेट्न आम नगरवासी, बुद्धिजीवि, शिक्षक, मजदुर, किसान, महिला, विधार्थी, उद्योगी, व्यापारी लगायत सम्बन्धीत सबैसंग राय सुझाव सङ्कलन गरेर नीति कार्यक्रम तर्जुमा गर्ने जनाएको छ ।
नीति तथा कार्यक्रम, बजेट तर्जुमा र योजना तर्जुमा गर्न राय सुझाव दिने तरिका
नगरपालिकाको आगामी आर्थिक वर्ष ०८१।०८२ को लागि नीति तथा कार्यक्रम, बजेट तर्जुमा र योजना ,राय सुझाव नगरपालिकाको योजना शाखा, शिवराज नगरपालिकाको ईमेल [email protected] वा https://form.jotform.com/shivrajmunicipality/feedback form लिङ्कमा गइ मिति २०८१।०२।१५ गते सम्म तपसिल अनुसारको क्षेत्र/उपक्षेत्रमा आ-आफ्नो राय सुझाव दिन नगरपालिकाले सूचना जारी गरेको छ ।