रिटर्नी फेडेरेसन कपिलवस्तुको अध्यक्षमा बेल्बासे

 

 

कपिलवस्तु – नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट रिटर्नी फेडेरेसन कपिलवस्तुले कमिटी पुनःगठन गरेको छ । आज चन्द्रौटामा भएको भेलाले सन्तोष बेल्वासेको अध्यक्षतामा ३५ सदस्यि कमिटी पुनःगठन गरेको हो । जसको उपाध्यक्ष फर्स विश्वकर्मा,सचिवमा टेकराज पौडेल,उप सचिवमा सरोज कुमार चौधरी सहितको नयाँ कमिटी गठन भएको छ ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले कपिलवस्तु अध्यक्ष बाबुराम खनालले पार्टी संगठित नभए सम्म राजनीतिक रूपमा मुद्दा उठान र सम्बोधन नहुने बताउनु भयो । बैदेशिक रोजगारीको कारण नै देशमा सामाजिक र आर्थिक परिवर्तन र सामाजिक सचेतनाको अवस्था आएको बताउनु भयो । उहाँले भन्नु भयो बैदेशिक रोजगारीलाइ नकारात्मक रूपमा मात्रै लिन हुदैन, सकारात्मक कुरा पनि हेर्नू पर्छ ।

बिदेशमा नेपालीहरु शारीरिक यातना र पिडामा रहेको छन, त्यसैले देशमा रोजगारको अवसर आवस्यक रहेकोमा जोड दिनुभयो । विदेश बाट फर्केर आएर परिवार समाज बाट बाहिर रहेका हरूको संगठन रिट्रनी फेडेरेसन रहेको बताउनु भयो । पार्टी बलियो बनाउन जनवर्गीय संगठनलाई परिचालन र प्रशिक्षण गर्नुपर्ने बताउनुभयो । केहि गरौं भन्ने सोच, ज्ञान र क्षमताको भण्डार भएकाहरूको संगठन रिट्रनी फेडेरेसन रहेको बताउनु भयो । अबको टार्गेट भनेको मिसन ८४ हो अव त्यसको लागि सबै संगठन र पार्टी संगसगै अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनु भयो ।

रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय अध्यक्ष उत्तम अधिकारीले रिट्रनि लक्ष्यित कार्यक्रमका लागि ७ वटै प्रदेशमा दस्ताबेज बुझाएको बताउनु भयो । अब कोही पनि नेपाली युवाहरु विदेशिनुपर्ने बाध्यतालाई हटाउन यो संगठनले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । नागरीकलाइ देशमै टिकाउन उत्पादनसंग जोडेर समाजको अगुवाइ गर्दै आफ्नो सिप र क्षमतालाई उपयोग गर्नु पर्ने बताउनु भयो ।

नेपालमा स्वरोजगार बनाउन नसक्दा सम्म बिदेशिने क्रम नरोकिने एमाले प्रदेश कमिटी सदस्य नेत्र राज अधिकारीले बताउनु भयो । संगठन बलियो बनाउन बैचारिक पक्षलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । रिट्रनीले परिवर्तन र निर्माणमासगैं सृर्जना, र उद्यममा जोड दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा एमाले कपिलवस्तु जिल्ला सचिव चन्द्र बहादुर गहतराजले विदेशबाट फर्केका नेपालीहरुको संगठन रिटर्नी फेडेरेसन नेपाल भएको हुँदा सबैलाई संगठनमा आबद्ध हुन आग्रह गर्नु भयो । उहाँले ज्ञान सीपलाई प्रयोग गर्ने गरी यो संगठनले काम गर्ने बताउनु भयो । कार्यएक्रममा एमाले कपिलवस्तु जिल्ला कमिटीसदस्यहरु , एमाले शिवराज कार्यवाहक अध्यक्ष महादेव पोखरेल लगायतको सहभागिता रहेको थियो ।

 

धेरै पढिएको

ताजा समाचार