
कपिलवस्तु-नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ शिवराज नगर कमिटिको अध्यक्षमा पुन : बिष्णु पोखरेल चयन हुनु भएको छ ।
आज चन्द्रौटामा भएको अनेम संघ शिवराजको दोस्रो सम्मेलनले पोखरेलको नेतृत्वमा ३१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा डुका केसि, सचिवमा कमला डुम्रे, सहसचिवमा बिन्दु गैरे र कोषाध्यक्षमा रिसामती चौधरी सहितको कमिटि निमार्ण भएको छ ।
आज सम्पन्न भएको अनेम संघ शिवराजको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अनेम संघ केन्द्रिय सदस्य शारदा शर्माले घर बलियो बनाउन जसरी महिलाको मुमिका हुन्छ त्यसै गरी पार्टीलाई मजबुत र बलियो बनाउनका लागि अनेमसंघको अहम भुमिका रहेको बताउदै नवनिर्वाचित कमिटिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा ,एमाले प्रदेश कमिटी सदस्य नेत्र राज अधिकारीले हरेक राजनीतिक आन्दोलनमा महिलाहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै महिलाहरूको भूमिकालाई नजरअन्दाज गरेर अगाडि बढ्न नसकिने बताउनु भयो । उहाँले पार्टीलाई अगाडि बढाउन अनेमसंघको अहम् भूमिका रहेको चर्चा गर्नु भयो ।
महिला आन्दोलनको इतिहासमा र महिला अधिकारको पक्षमा अनेमसंघले आफ्नो स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको एमाले कपिलवस्तु सचिव सिवि गहतराजले बताउनु भयो ।
जिल्ला सदस्य जगत पौडेल , एमाले शिवराज कार्यवाहक अध्यक्ष महादेव पोखरेलगायतले नवगठित अनेम सघं नगर कमिटिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अनेमसंघ पार्टीको खम्बा बनेर उभिन आग्रह गर्नुभयो । कार्यक्रममा अनेम सघंका पदाधिकारीहरु लगायत पार्टि नेता ,कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।