सितलापुरको विद्यालयमा पंखा हस्तान्तरण

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १० सितलापुरमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा माछापुच्छे बैंक लिमिटेड चन्द्रौटाद्वारा पंखा हस्तान्तरण ।

बैकंले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उक्त बिद्यालयलाई १५ थान सिलिङ पंखा वितरण गरिएको माछापुच्छे बैंक लिमिटेड चन्द्रौटा शाखा प्रबन्धक दिनेश पाण्डेले जानकारी दिनु भयो।
नगर प्रमुख अजय थापाले शैक्षिक गुणस्तर सुधारमा लागेको बताउनु भयो ।

विभिन्न चरणमा आफै विभिन्न संस्थाहरू संग छलफल गर्दै आफ्नो सस्थाको उत्तरदायित्व कार्यक्रम शैक्षिक क्षेत्रमा लगाउन आव्हान गरेको बताउनु भयो ।

पंखा प्राप्त भएसंगै गर्मीका कारण पठनपाठनमा समस्या नहुने बिद्यालयका प्र .अ कमल पौडेलले बताउंनु भयो ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष तमेश्वरधर दुवे , वडा सदस्य गगाराम कुर्मी , सोनमती पासि , शिक्षक अभिभावक संघ अध्यक्ष राम बहादुर कुर्मी, शिक्षक जग्गादातालगायतको सहभागिता रहेकोे थियो ।

धेरै पढिएको

ताजा समाचार