शिवराज ३ मा सुत्केरी र गर्भवती महिलालाई पोषण सामग्री वितरण

कपिलवस्तु -शिवराज नगरपालिका वडा नम्बर ३ ले सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामाग्री वितरण गरेको छ ।

वडाले ४२ जना गर्भवती एवम् ७० जना सुत्केरी आमाहरुलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत पोषण सामाग्री वितरण गरेको हो ।

वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडा भित्रका सुत्केरी तथा गर्भवती महिलालाई पोषण युक्त आहार ,घिउ , क्याल्सियम आयोडिन नुन साबुनलगायतका सामग्रीहरु वितरण गरेको वडाका कम्प्युटर अप्रेटर कमल पाण्डेले जानकारी दिनु भयो ।

मातृशिशु सुरक्षाका लागि गर्भावस्थामा राम्रो पोषणको आवश्यक भएकाले सुत्केरी तथा गर्भवती महिला प्रोत्साहन कार्यक्रम अन्तरगर्त उक्त उक्त सामाग्री वितरणबाट गरेको शिवराज नगरपालिका वडा नम्बर ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनु भयो।

धेरै पढिएको

ताजा समाचार