
चन्द्रौटा -कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ संचालित वेशिक(आधारभूत ) कम्युटर तालीमको समापन भएको छ।
आर्थिक वर्ष २०८०/०८१ काे वडास्तरिय याेजना तथा कार्यक्रम अन्तर्गत संचालनमा रहेको कम्प्युटर तालिममा ४५ जना प्रशिक्षार्थको सहभागीता रहेको थियो ।
तालिमको समापन कार्यक्रम लाई सम्बोधन गर्दै शिवराज नगरपालिका वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले रोजगारका लागि कम्प्युटर शिक्षा अतिआवश्यक रहेकाले जीवनउपयोगी बनाउन कम्प्यूटरको तालिमको योजना राखेको बताउनु भयो।
आफुले सिकेको सीपलाई सदुपयोग गरी स्वरोजगार बन्न तालिमका प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भयो ।
तालिम लिन अग्रसर हुने तर तालिमपछि त्यसको उपयोग गर्न नखोज्दा दक्ष जनशक्ति उत्पादन हुन नसकेको भन्दै वडा अध्यक्ष सापकोटालेव आफ्नो सीप र दक्षतालाई प्रयोगमा ल्याउन समेत आग्रह गर्नु भएको थियो ।