नवराज पौडेल कपिलवस्तु ,, जेठ २८ गते सोमबार ।
कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नम्वर ३ ले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली सुरु गरेको छ ।वडाले सोमबार स्वर्गद्धारी टोल खरेन्द्रपुर मा रहेको नगर प्रमुख अजय थापाको घरबाट सुरु गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो ।
सबै वडा वासीको सूचना, विवरण सङ्कलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो ।
शिवराज नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले वडा बासीको सेवा प्रवाहलाई सहज, सुशासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन डिजिटल घर नम्बर प्रणाली लागू गरिएको जानकारी दिनुभयो ।
उहांले डिजिटल घर नम्बर प्रणालीमा सुरु भएकाले अव सम्बन्धित घर कहाँ छ, भनि व्याक्तीलाई सोध्नु नर्पने र क्यूआर कोडमा स्क्यान गरेमा जानकारी प्राप्त हुने बताउनुभयो ।
पहिलो चरणमा वडा नम्बर ३ को १६ सय घरमा डिजिटल घर नम्बर प्लेट राखिने अध्यक्ष सापकोटाले बताउनुभयो । उहांका अनुसार वडाका १८ सय घर मध्ये केहीको विवरण आउन बांकी रहेको र बाकी रहेका घरको समेत विवरण संकलन गरि घरमा पुगेर सूचना र विवरणलाई विद्युतीय प्रणालीमा अभिलेखीकरण गरिने बताउनुभयो ।