नेपाल आदर्श बहुमुखीको क्याम्पस सभाको उद्घाटन सत्र सम्पन्न

चन्द्रौटा –

नेपाल आदर्श बहुमुखी क्याम्पस शिवाराज नगरपालिका १ शिवपुर कपिलवस्तुको १६ औं क्याम्पस सभा तथा तेस्रो अधिबेशन उद्घाटन सम्पन्न भएको छ ।
बिहिबार लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री अर्जुनकुमार केसीको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको हो।
कार्यक्रममा मन्त्री केसीले खोज अनुसन्धानका विषय विश्वविद्यालय क्याम्पसहरूका प्राज्ञिक संस्थाहरूले गर्नुपर्ने साथै विश्वविद्यालय क्याम्पस रहेको स्थानका नागरिकहरूमा समुन्नत सुसंस्कारमा समुदायलाई ढाल्न प्रभाव पार्न सक्नुपर्नेमा जोड दिनुभयो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लङ्क बहादुर हमालको अध्यक्षता, क्याम्पस व्यावस्थापन समितिका उपाध्यक्ष नारायणप्रसाद ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रममा क्याम्पस का साधारण तथा आजीवन सदस्यरू, क्याम्पस प्राध्यापकहरू, विद्यार्थी लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा जग्गादाता,सस्थापक सदस्य,पुर्व प्राद्य्यापक,कर्मचारी,अहिलेका प्राध्याप कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख सन्त प्रसाद भुसालले प्रगती प्रतिवेदन,कोषाध्यक्ष मेघराज रेग्मीले आर्थिक प्रतिबेदन र अध्यक्ष लका बहादुर हमालले बिधान प्रस्तुत गर्नुभएको छ । सभाले उक्त प्रतिवेदन र बिधान पारित गरेको छ । अध्यक्ष हमालले निर्वाचन मण्डल समेत घोषणा गर्नुभएको छ । लक्ष्मण निरौला संयोजक रहने गरि कमल पौडेल र विष्णु क्षेत्री सदस्य रहनुभएको छ । निर्वाचन तालिम शुक्रबार प्रकाशित गरिने निर्वाचन समितीले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार