
चन्द्रौटा – ने.क.पा. (एमोल) निकट राष्ट्रिय युवा संघ नेपाल शिवराजको तेस्रो नगर स्तरीय भेला सम्पन्न भएको छ ।भेलाबाट अध्यक्षमा नारायण सापकोटा , उपाध्यक्षमा रमेश खाती,सचीवमा केशव वेल्वासे , सहसचिव सावित्रा खड्का , कोषाध्यक्ष निश्चल कार्कीसहित ३९ सदस्यीय नगर कमिटी गठन भएको छ ।
कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटी सदस्य एवम कार्यक्रमका प्रमुख अतिथी धनुकुमारी अधिकारीले उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रम लाई सम्बोधन गर्दै उहाँले समाज र देश बनाउन युवा शक्तिको भूमिका महत्त्वपूर्ण हुने भएकोले त्यो अनुसारले लाग्न आग्रह गर्नु भयो । साथै उहाँले राष्ट्रिय युवा संघले विगतका वर्ष जस्तै यश वर्ष पनि वृक्षरोपण ,खेलकुद ,युवा लगानी प्रोत्साहन लगायतका कार्यक्रम लाई निरन्तरता दिने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य नेत्र राज अधिकारीले पार्टी लाई मजबुत बनाउन युवा संघ क्रियाशील भएर लाग्नु पर्ने भएकाले चुस्त दुरुस्त भएर लाग्न उहाँले अनुरोध गर्नु भयो ।
कार्यक्रम लाई सम्बोधन गर्दै एमाले लुम्बिनी प्रदेश सदस्य एवम लुम्बिनी प्रदेश बन वातावरण मन्त्री अर्जुन कुमार केसिले युवाहरुले रचनात्मक कार्यमा अग्रसर भएर राष्ट्र र राष्ट्रियताका निम्ती काम गर्नु पर्ने बताउनु भएको हो ।
कार्यक्रममा एमाले जिल्ला सचिव चन्द्र बहादुर गहतराजले अवस्थाका कारण युवा संघले एमालेलाई सबल र सुदृढ गर्नेतिर लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा युवा संघ केन्द्रिय सदस्य श्याम यादव ,एमाले शिवराज कार्यवाहक अध्यक्ष महादेव पोखरेल ,युवा संघ कपिलवस्तु संयोजक तिलाराम गिरि लगायतले कार्यक्रममा शुभकामना मन्तव्य दिनु भएको थियो ।कार्यक्रम युवा संघ शिवराज अध्यक्ष विष्ण हमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।