
कपिलवस्तु –
मदिरा तथा लागु औषध नियन्त्रणका लागि जनचेतनाजन्य कार्यक्रमलाई ब्यापक रुपमा संचालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । इलाका प्रशाशन कार्यालय चन्द्रौटाको आयोजनामा सम्पन्न मदिरा तथा लागु औषध नियन्त्रण पुनस्र्थापना तथा उपचारा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले लागु औषधबाट बालबालीकालाइ बचाउनका लागि जनचेतनाजन्य कार्यक्रमलाई ब्यापक रुपमा संचालन गर्नुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा सहभागीहरुले लागू औषध समाजमा ठूलो समस्या बन्दै गइरहेकाले यसलाई नियन्त्रण गर्न सबैको सहयोग र भूमिका अनिवार्य हुनुपर्नेमा जोड दिएका हुन् ।
पछिल्लो समय समाजमा लागू औषध प्रयोगकर्ताहरु अत्याधिक बढेको र समाजलाई अशान्त बनाइरहेको बताउदै कूलतमा फसेकाहरुलाई कूलतबाट निकाल्दै समाजमा सम्मानकासाथ पुनर्स्थापित गराउन समाज तथा स्थानीय सरकारले विशेष भूमिका खेल्नुपर्ने बताएका हुन ।
दुव्यसन आफैंमा जति पीडादायक छ त्यति नै दुव्यसनामा फसेकाको परिवारमा यसले दिने पीडा उल्लेखगरी साध्य नहुने हुँदा यसको नियन्त्रणका लागि सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिएका हुन ।
अन्तरक्रिया कार्यक्रमको सहजिकरण इलाका प्रशाशन कार्यालय चन्द्रौटाका प्रमुख बाबुराम अर्यालले गर्नुभएको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप साह, शिवराज नगरपालिका प्रमुख प्रशासकिय प्रमुख बाबुराम पौडेल, भन्सार कार्यालय कृष्णनगरका प्रमुख, शिवराज कृष्णनगर र विजयनगरका विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न सघं सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।