तौलिहवामा एमालेको श्रद्धाञ्जली सभा

चन्द्रौटा – नेकपा एमाले कपिलवस्तु नगर कमिटी द्वारा शोक सभा सम्पन्न भएको छ ।
कपिलवस्तुको तौलिहवा निवासी एमाले जिल्ला कमिटि का पूर्व सचिवालय सदस्य हुमानाथ पाण्डेको ममतामयी आमा कुन्ता देवि पाण्डेकोको ७५ बर्षको उमेरमा भएको निधन प्रति दुख व्यक्त गर्दै नवौं दिनको पुण्य तिथिको दिन श्रद्धाञ्जली सभा गरेको हो ।

श्रद्धाञ्जली सभामा बोल्दै एमाले पुर्व लुम्बिनी प्रदेश सचिवालय सदस्य सदस्य झविलाल पोख्रेलले समाज रूपान्तरमा स्व. पाण्डेको भुमिका महत्त्वपूर्ण रहेको बताउनु भएको थियो ।

उहाँले हिजोका दिनमा गरेका भुमिकालाई स्मरण गर्दै पार्टी अगाडि बढने बताउनु भयो ।पाण्डेको निधनले सिंगो पार्टीमा पुगेको क्षति प्रति दुख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत प्रकट गर्नु भएको थियो ।

उहाँको निधनले पार्टीले एक कर्तव्यनिष्ट पार्टी कार्यकर्ता गुमाएको बताउनु भएको एमाले कपिलवस्तु अध्यक्ष बाबुराम खनालले बताउनु भयो । स्वर्गीय पाण्डेलाई पार्टीले सदैब स्मरण गरिरहने बताउनु भयो ।

दिवंगत आमा प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै घर परिवार प्रति गहिरो समवेदना प्रकट गर्नुभएको थियो ।

उहाँ अनुसासन र बफदारीताको प्रेरणाका श्रोत भएकाले सोही अनुरुप सबैजना लाग्नु पर्ने एमाले अध्यक्ष खनालले बताउनु भयो ।

एमाले कपिलवस्तु नगर कमिटी अध्यक्ष श्याम प्रजापतिको अध्यक्षतामा सप्पन्न श्रद्धाञ्जली सभामा एमाले प्रदेश सदस्य खुम प्रसाद आचार्य ,धर्मलाल श्रीवास्तब ,शारदा शर्मा,चक्रपाणी अर्याल ,जिल्ला कमिटीका नेता, नगर कमिटीका नेता कार्यकर्ता एवम जनवर्गीय संगठनका नेताहरुको सहभागीता रहेकोे थियो ।

धेरै पढिएको

ताजा समाचार