शिवराज ७ मा शिक्षक तथा समाजसेवी सम्मान

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ७ ले शिक्षक तथा समाजसेवि लाई सम्मान गरेको छ ।वडाले चालू आर्थिक वर्ष २०८०र०८१ को वार्षिक कार्यक्रमबाट वडामा रहेका १३ जना शिक्षक, मदरसाका शिक्षक र१२ जना समाजसेविलाई सम्मान गरेको शिवराज नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अनुप कुमार चौधरीले जानकारी दिनु भयो ।

विद्यालयको शैक्षिक अवस्था सुधार गर्न महत्वपुर्ण स्थानमा शिक्षकहरु नै रहने भन्दै शिक्षकको उच्च मनोवलका लागी वडाले सम्मान गरेको बताउनु भयो । शिक्षक पेशा एक सम्मानित पेशा भएको र यस पेशालाई मर्यादित र सम्मानित बनाउनु पर्ने अध्यक्ष चौधरीले बताउनु भयो। वडाका विभिन्न क्षेत्रमा योगदान गर्दै आएका समाजसेवि एवम अग्रजहरुलाई पनि सम्मान गरेको अध्यक्षले बताउनु भयो

धेरै पढिएको

ताजा समाचार