
चन्द्रौटा-कपिलवस्तुको शिवराज नगरपालिकामा प्रतिजैविक प्रतिरोध सम्बन्धि पैरवी तथा संचार कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राल राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रको आयोजनामा भएको कार्यक्रममा एन्टीबायोटिक औषधि सेवनको असल अभ्यास अपनाउन प्रोत्साहन गर्नुका साथै प्रतिजैविक प्रतिरोध सम्बन्धि सचेतना अभिबृदिको लागि प्रशिक्षण दिईएको थियो ।
कार्यक्रममा स्वास्थ्य शिक्षा अधिकारी अभा श्रेष्ठ र जनस्वास्थ्य अधिकारीले कार्यक्रमको विषय बस्तुमाथि प्रकाश पार्दै एन्टीबायोटिक औषधि प्रायोगबाट हुने फाईदा बेफाइदा , समस्या र यसको प्रभावकारीताको बारेमा जानकारी गराउनु भएको थियो ।
मानिस, पशुपंक्षी तथा वनस्पतिका संक्रामक तथा सरुवा रोगहरुका जीवाणु विरुद्ध प्रयोग हुने एन्टीबायोटिक औषधिहरुचिकित्सकको सल्लाह बमोजिमे समुचित प्रयोग गर्नु पर्ने बताउनु भएको थियो ।
एन्टीबायोटिक औषधिहरुको अध्यधिक प्रयोग गर्ने , म्याद सकिएको प्रयोग गर्ने , औषधि प्रयोग नै नगर्ने औषधि बचाएर पछि आफुले वा अरुलाई सेवन गर्ने गराउने कार्यले संक्रामक रोगहरुको उपचारमा बाधा उत्पन्न हुने बताउनु भयो ।
स्वास्थ्यमा देखिने प्रतिकूल असर न्यूनीकरणका लागि सबै क्षेत्र र समुदायले समयमा नै प्रभावकारी कदम चाल्न अत्यावश्यक रहेको भन्दै आज सरोकारवाला ,स्वास्थ्यकर्मि, सहकारी सस्था, संचार क्षेत्र , पशुपालक एवम कुखुरा पालक कृषकहरुमाझ उक्त कार्यक्रम गरेको स्वास्थ्य शिक्षा अधिकारी अभा श्रेष्ठ बताउनु भयो ।
सामान्य स्वास्थ्य समस्यामा पनि एन्टिवायोटिक औषधि सेवन गर्ने प्रवृत्ति परित्याग गर्ने र चिकित्सकहरुको सल्लहबमोजिम एन्टिवायोटिक औषधि प्रयोग गर्नु पर्ने सरोकारवालाहरु भनाई राखेका थिए । साथै मनलाग्दि यसको बढ्दो प्रयोगलाई निरुत्साहित गर्नका लागि प्रतिजैविक प्रतिरोध सचेतना कार्यक्रम संचालन गर्नु पर्ने जनाएका थिए ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले आम नगरबासिको जनस्वास्थ्यमा ख्याल गर्नु पर्ने नगरपालिकाका दायित्व रहेको बताउनु भयो । एन्टीबायोटिक औषधि सेवनको असल अभ्यास अपनाउन प्रोत्साहन गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख थापाले मानव स्वास्थ्यसंग प्रत्यक्ष जोडिएका स्वास्थ्य सेवाका क्षेत्रहरु क्लिनिक एवम अस्पतालहरुले मानव स्वास्थ्य असर गर्ने सेवा प्रदान गरेको पाईएमा कारवाहिको भागेदारी बन्नु पर्ने बताउनु भयो ।मानव स्वास्थ्यलाई ख्याल गर्दै शिवराजले पालिकाका हरेक स्वास्थ्य चौकिमा समय समयमा विशेषज्ञ डाक्टर सहितको सेवा प्रदान गर्दै आएको बताउनु भयो ।
साथै उहाँले कृषि र पशु क्षेत्रमा पनि औषधि उपचार र सेवनका कार्यक्रम संचालन गरेको बताउनुभयो । कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बाबुराम पौडेल , स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्राई लगायतको सहभागितमा सम्पन्न कार्यक्रमको संचालन स्वास्थ्य शाखा अधिकृत पुर्णिमा खनालले गर्नु भएको थियो ।