डेढ वर्षको बच्चा छाडेर शिवराजबाट एक महिला बेपत्ता, श्रीमानद्वारा खोज्दिन आग्रह

चन्द्रौटा -कपिलवस्तुको शिवराज  नगरपालिकाकि एक महिला डेढ वर्षकोबच्चा  छाडेर ३ दिन देखि  सम्पर्क  बिहिन  भएकी  छिन ।

शिवराज  १ चोर खोलाका सुनिल सुनारकी २० वर्षकी श्रीमति सोनिया सुनार गत शुक्रबार  देखी  वेपता भएको श्रीमान सुनारले जानकारी  दिए  । वेपता श्रीमतीको खाेजि कार्यका लागि वडा प्रहरी कार्यालय चन्द्राैटामा निवेदन दिएको सुनारले बताए ।

 

वेपता साेनिया सुनार मंगलबार माइत शिवराज ९ बानियाभार गएको र बुधबार चन्द्राैटा बजार गएर घर गएको र सुक्रबार दिउँसो १२:३० बजेदेखि सम्पर्कमा नरहेको श्रीमान सुनिल सुनारले बताए ।

वेपता सुनारकाे ४ बर्षकाे छाेरा र डेढ बर्षकाे छाेरी रहेको श्रीमाले जनाएका छन । श्रीमान राेजगारीकाे सिलसिलामा बुटवल बस्दै आएको र श्रीमती परिवार सगैं चाेरखाेलामा बस्दै आएका थिए ।

 

खाेजी कार्य भइरहेको र अन्यत्र प्रहरी कार्यलयमा पनि फाेटाे सहितको विवरण पठाएकाे वडा प्रहरी कार्यालय चन्द्राैटाले जनाएको छ।

 

देख्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यलय वा श्रीमान सुनिल सुनार ९८६७१४९६३१ सम्पर्क गरिदिनु हाेला ।

धेरै पढिएको

ताजा समाचार