
चन्द्रौटा – रोटरी क्लब अफ कपिलवस्तुको अध्यक्षमा वालकृष्ण पाण्डे चयन हुनुभएको छ । रोटा वर्ष २०२४-२५को लागि अध्यक्षमा पाण्डे चयन हुनुभएको हो ।
शिवराज नगरपालिका १ शिवपुरमा रहेको शिवगढी स्कुलको सभाहलमा भएको एघारौ पद हस्तान्तरण कार्यक्रममा पुर्व अध्यक्ष विष्णुमाया गैरेले पाण्डेलाई पद हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा गैरेले आफ्नो कार्यकालमा गरेका कामको बारेमा जानकारी गराउनुभएको थियो ।
पाण्डेको नेतृत्वमा वर्ष २०२४–२०२५ का लागि क्लबको इमिडेट पाष्ट प्रेसिडेन्टमा विष्णुमाया अर्यायाल, इलेक्ट प्रेसिडेन्टमा विष्णु पोखरेल , प्रिजडेन्ट नोमिनी प्रभेस गैरे , भ्वाइस प्रिजडेन्ट कृष्ण प्रसाद खनाल र माया आचार्य, सेक्रेटरी दिपक प्रसाद बेल्बासे ,लिटरेची टिचमा रेशम काफले जे.टी सेक्रेटरी अर्जुन गैरे, सर्जेन्ट एट आर्मस धनी महरासहितको टिम वर्ष २०२४–२५ का लागि रोटरी क्लबको नेत्रित्वमा रहनु भएको छ ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष पाण्डेले आगामि वर्ष सामाजिक दायित्वबोध हुने कार्यक्रहरु शिक्षा, स्वास्थ्य, सरसफाई तथा जनचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापाले रोटरी क्लव अफ कपिलवस्तुले बिगतका वर्षमा गरेका कामको प्रशंसा गर्दै अवको नेतृत्वले थप रचनात्मक र प्रभावकारी कामका योजना अगाडि सार्न आग्रह गर्दै पालिकाले साथ दिने बताउनुभयो ।
रोटरी क्लबले शिक्षा,स्वास्थ्य लगायत सामाजिक काममा हातेमालो गरेर अगाडि बढन सकेमा सम्मुउन्नत पालिका बनाउनुपर्ने बताउनुभयो ।