चन्द्रौटा -स्वदेशी उत्पादन अभियान , उद्यमीकाे सम्मान ” भन्ने मुख्य उदेश्यका साथ उद्योग तथा बाणिज्य फर्महरुसँग गुणस्तरीय बस्तु र सेवा सम्बन्धि एक दिवसिय अन्तरक्रिया कार्यक्रम आज चन्द्रौटामा सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय जिल्ला शाखा कपिलवस्तुकाे आयोजना , व्यापार संघ कपिलवस्तु र चन्द्रौटा उद्योग बाणिज्य संघ चन्द्रौटा कपिलवस्तुकाे सहयोगमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भबिश्वर घिमिरे प्रमुख अतिथि , बिशिस्ट अतिथिद्दय नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य महादेव पाेखरेल , चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डे तथा अतिथि खाद्य तथा गुणस्तर कार्यालय कपिलवस्तुका खाद्य निरिक्षक सराेज खनाल लगायत स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , व्यावसायीकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा उद्योग स्थापना लगत्तै आवश्यक पर्ने गुणस्तरीय सेवा र बस्तुका बिषयमा घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु जिल्ला शाखा प्रमुख प्रेमबहादुर गौतमले प्रकाश पार्नुभएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी भबिश्वर घिमिरेले उद्योगी व्यापारी र उपभोक्ता बिचमा रहने सम्बन्धका बिषयमा बाेल्दै ईमानदारीपुर्वक व्यावसाय संचालन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा उपस्थित व्यापार संघ तथा चन्द्रौटा उद्याेग वाणिज्य संघका अध्यक्षद्दयले नेपाल सरकारले उद्योगी व्यावसायीलाई करको दायरामा ल्याउने तर सेवा सुबिधा साे अनुसारको नदिने गरेकोमा दुःख व्यक्त गर्दै अनावश्यक ब्यावसायीलाई दुःख नदिन अनुरोध गरे ।
कार्यक्रममा खाद्य निरिक्षक सराेज भुसालले खाद्य मिसावटका बेफाइदा ,कानुन अनुसारको कारवाही लगायतका बिषयमा बाेल्दै आम उपभोक्ता जागरुक हुनुपर्ने बताउनुभयो । कार्यक्रम जिल्ला कार्यालय प्रमुख प्रेमबहादुर गौतमको अध्यक्षतामा सम्पन्न भएको उद्योग फाँट प्रमुख बिष्णु प्रसाद पाेखरेलले जानकारी दिनुभयो ।