कपिलवस्तु -अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको २३ औं जिल्ला सम्मेलको लोगो सार्वजनिक छ ।
आगामी भदौ १ गते कपिलवस्तुको वाणगंगा नगरपालिका सिद्धार्थ क्याम्पस बुङ्ची मा हुन लागेको २३ जिल्ला सम्मेलनको आज लोगो सार्वजनिक भएको हो ।
कपिलवस्तुका ऎतिहासिक एवम पर्यटकीय क्षेत्रहरु समेटेर निर्माण भएको लोगो अनेरास्ववियु कपिलवस्तु २३ औं जिल्ला सम्मेलन प्रचार प्रसार उप समिति संयोजक अर्जुन बेल्बासेले फेसबुकमार्फत लोगो सार्वजनिक गर्नु भएको हो।
लोगो छनौट गर्दै सम्मेलनका संयोजक विस्णु घिमिरेले सम्मेलनको तयारी तीब्र रुपमा भएको भन्दै लोगो सार्वजनिक भएसंगै प्रचारप्रसारको काम थप प्रभावकारी हुने बताउनु भयो ।
लोगो छनौट एवम सार्वजनिक कार्यक्रममा २३ औं जिल्ला सम्मेलन सह संयोजक एवम् प्रतिनी ब्यवस्थापन उप समिति संयोजक निसान खड्काले भदौ १ गते हुने सम्मेलनको लागि साउन २१ गते भित्र प्रतिनिधि छनौट गर्न आग्गर्नुव गर्नु भएको छ । सम्मेलनमा १५० बढी प्रतिनिधि सहभागी हुने जानकारी दिनु भयो ।