आइमएमई लाइफको ब्रान्च म्यानेन्जर कन्फ्रेन्स २०८१ पोखरामा सम्पन्न

वुटवल -पोखरामा आईमएमई लाइफ इन्स्योरेन्सले ब्रान्च म्यानेन्जर कन्फ्रेन्स २०८१ सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीको उद्देश्य भित्र ब्रान्च म्यानेजरहरुको उद्देश्य के हो ? भन्ने विषयको खोजि हुनुपर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले जोड दिनुभयो ।

अपराधिक क्रियाकलापबाट प्राप्त आम्दानीलाई बीमा क्षेत्रमा लगानी गरी बैध बनाउन सक्ने जोखिम भएकाले सम्पति शुद्धिकरण निवारण ऐनलाई विशेष कार्यान्वयनमा ल्याउनुपर्नेमा नेपाल बीमा प्रधिकरणको कर्मचारी सबिता थापाले जोड दिनुभयो ।
आईएमई लाईफ इन्स्योन्सले गत आर्थिक वर्ष ८०।८१ मा उत्कृष्ट ब्यापार गरि प्रथम स्थान कोशि प्रदेश प्रमुख मिलन दाहाल, दोस्रो स्थान बागमती प्रदेश प्रमुख सिपि भट्टराई र तेस्रो स्थान लुम्बिनी तथा कर्णाली प्रदेश प्रमुख प्रेम प्रसाद तिमिल्सेनालाई कम्पनीले सम्मान गरेको थियो । साथै माईक्रो इन्स्योरेन्स तर्फ क्षेत्रिय शाखा प्रमुख राजेन्द्र पन्थीलाई नेपालबाटै प्रथम स्थान हासिल गरेकोमा कम्पनीले सम्मान गरेको हो ।
कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने ब्रान्च म्यानेनजरलाई पनि सम्मान गरेको थियो । नेपाल भरी नै उत्कृष्ट ब्यापार गरि कन्भेन्सल तर्फ बिर्तामोड शाखा प्रमुख महेन्द्र तिमिलसेना र माईक्रो इन्स्योरेन्स तर्फ मुर्गीया शाखा प्रमुख संजिव गहतराजले प्रथम स्थान हासिल गरेकोमा सम्मान गरिएको हो ।
कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचनागरी चालु आ.व.को बाँकी अवधिको व्यवसायिक खाका कोर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले ब्रान्च म्यानेजलाई प्रोत्साहन गर्न हरेक वर्ष यस्ता सम्मान तथा उत्प्ररेणामूलक कार्यक्रमहरु गर्दै आईरहेको छ । पोखरामा निश्चित लक्ष्य पूरा गरेका देशैभरका ब्रान्च म्यानेन्जरहरुको उपस्थितीमा कार्यक्रम आज सम्पन्न भएको हो ।

धेरै पढिएको

ताजा समाचार