
कपिलवस्तु-नेकपा एमालेले शिवराज नगर कमिटीले आगामी भदौ १३ गते हुने दोस्रो नगर अधिवेशनको लागि एकै दिन (भदौ ०८ गते ) प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको एमाले शिवराज नगर कमिटीको बैठकले भदौ १३ शिवराज ०५ चन्द्रौटामा हुने नगर अधिवेशनका लागि नगका ११ वटै वडामा दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।
६४ सदस्यि आयोजक कमिटी रहने गरी ११ पार्टी सदस्य बराबर १ प्रतिनिधि , दलित तर्फ ७ जना दलित सांगठित सदस्य संख्या बरावर १ प्रतिनिधि , युवाको १५ प्रतिशत प्रतिनिधित्व रहने गरी र ३ सदस्यमध्ये १ महिला सदस्य अनिवार्य रहने निर्यण समेत गरेको एमाले शिवराजका कार्यवाहक अध्यक्ष महादेव पोखरेलले जानकारी दिनु भयो ।
१३ गते हुने एमाले शिवराजको अधिवेशनमा १४० बढि प्रतिनिधिको सहभागिता रहने एमाले शिवराजका कार्यवाहक अध्यक्ष पोखरेलले जानकारी दिनु भयो