कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिकामा भारतको कोलकतामा बलात्कारपछि हत्या गरिएकि स्वर्गीय डाक्टर मौमिता देवनाथको न्यायका लागि दीप प्रज्वलन गरिएको छ ।
शिवराज नगपालिकामा रहेका आधा दर्जन बढी कृयाशिल संघ सस्थाहरुले संयुक्तरुपमा चन्द्रौटा चोकमा दीप प्रज्वलन गरेका हुन ।
डा. मौमिता देवनाथको आत्मा शान्ति तथा दोषीलाई कारबाहीको माग गर्दै दीप प्रज्वलन गरिएको महिला मानव अधिकार कर्मी मिना परियारले बताउनु भयो ।
यस्ता घटनाहरुलाई निरुत्साहित गर्न आगामी दिनहरुमासमेत सशक्त भएर लाग्नु पर्ने शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले बताउनु भयो ।
कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव पोखरेल,राष्ट्रिय मानव अधिकार प्रतीष्ठान कपिलवस्तु सभापति विस्णु प्रसाद खतिवडा ,चेम्बर अफ कमर्स कपिलवस्तु सहकारीका अध्यक्ष जगत प्रसाद पौडेल , सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तु ,किर्डाक नेपाल कपिलवस्तु लगायतका प्रतिनिधिहरुको सहभागीतामा भएको कार्यक्रममा उपस्थितहरुले हातमा बलात्कार तथा महिला हिँसाविरुद्ध लेखिएका नारा र मैनबत्ती बोकेर उक्त घटना प्रती एक्यवद्धता जनाएका थिए ।