शिवराज नगरपालिकाले नगरपालिकाको कार्यालय र विभिन्न उद्योगमा कार्यरत महिला कामदारहरूलाई यातायात भाडामा ७०% छुटको व्यवस्था गरेको छ। शिवराज नगरपालिकाको कार्यालयमा आयोजित बैठकको निर्णयअनुसार, महिला कामदारहरूले सम्बन्धित यातायात व्यवसायी प्रा.लि.बाट यो सुविधा प्राप्त गर्न सक्नेछन्।
उक्त सुविधा प्राप्त गर्न महिलाहरूले आफ्नो परिचय खुल्ने परिचय पत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ। सूचनामा उल्लेख गरिएका यातायात व्यवसायी प्रा.लि.हरूमा कृष्णनगर यातायात, बुटवल यातायात, पश्चिमाञ्चल बस व्यवसायी, र सजिलो यातायात प्रा.लि. परेका छन्।
नगर प्रमुखको हस्ताक्षरसहित जारी गरिएको यो सूचनाले महिलाहरूलाई कार्यस्थलमा आवतजावत गर्न थप सुविधा दिने उद्देश्य राखेको छ। महिला दिदिबहिनीको सुरक्षा र आर्थिकलाई मध्यनजर गर्दै यो निर्णय गरिएको मेयर अजय थापाले बताए ।