कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकामा नया परियोजना सहित सिद्धार्थ सामाजिक विकास केन्द्रले सुरक्षा र न्याय सम्बन्धि कार्यक्रम सुभारम्भ गरेको छ । नयाँ कार्यक्रमको सुभारम्भ गरेको संस्थाले आज परिचयात्मक कार्यक्रम गर्दै संस्थाले कार्यक्रमको उदेश्य ,आगामी रणनीति ,कार्य क्षेत्र ,योजना , लगायतका विषयमा प्रकाश पार्दै संस्थाका सहसचीव धुर्ब बेल्वासेले सुरक्षा र न्यायको हिसाब ले पछाडी परेको क्षेत्रलाई उथ्थान गर्न टेवा पुग्ने बताउनु भयो।
संस्थाले लुम्बिनी प्रदेशका दुई पालिका शिवराज नगरपालिका र कोहलपुर नगरपालिकामा कार्यक्रम संचालन भएको बताउनु भयो ।न्याय र सुरक्षाको निम्ति स्थानीय सरकार र स्थानीय प्रहरी संग मिलेर न्याय र सुरक्षा न्युनिकरण गर्ने बताउनु भयो । दुई चरणमा संचालन हुने कार्यक्रम २०२७ सम्म संचालन हुने सहसचिव बेल्वासेले बताउनु भयो ।
कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक पोमनारायण पौडेलले स्थानीय समुदायलाई कानूनी अधिकार र सुरक्षाको लागि यो परियोजनाले टेवा पुग्ने बताउनु भयो । समुदायमा कानूनी चेतना वृद्धि गर्ने र न्यायसम्मानको वातावरण सृजना गर्न परियोजनाले सहयोग पुग्ने संयोजक पौडेलले बताउनु भयो ।
सिद्धार्थ सामाजिक विकास केन्द्रले अगाडि सारेको परियोजनाले समुदायलाई सुरक्षित र न्यायसंगत वातावरणमा बस्नका लागि आवश्यक संसाधन र शिक्षा प्रदान गर्दै समाजको समग्र विकासमा योगदान पुर्याउने नगर प्रमुख अजय थापाले बताउनु भयो । महिला हिंसा न्यूनीकरण गर्न आ आफ्नै घर बाट सुरुवात गर्नु पर्ने बताउनु भयो ।
नागरिकलाई कागजी रुपमा भन्दा पनि न्याय पाएको अनुभुती दिलाउन सकियोभने न्याय र सुरक्षा कार्यक्रम ले सार्थकता पाउने कार्यक्रमका अध्यक्ष शिवराज नगर सामाजिक बिकास समिति संयोजक एवम वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनु भयो । कार्यक्रम मा परियोजनाकि युन अप्स सृजना के सिले स्थानीय सरकार र नेपाल प्रहरी संग समन्वय गरि क्षमता अभिप्रेरित हुने कार्यक्रम संचालन गर्ने र नागरिकहरुलाई पेसा प्रती उत्तरदायी बनाउंदै सुरक्षा र न्याय सम्बन्धि जानकारी गराउंदै अब्बल बनाउन यो कार्यक्रमले सहयोग गर्ने बताउनु भयो । नागरिक लाई विभिन्न तालिमहरु अनलाइन क्राईम साईबर क्राईम न्यून पार्न तालिम दिन आवश्यक हुने बताउनु भयो ।यो कार्यक्रमले जिम्मेवार नागरिक बनाउन सहयोग गर्ने बताउनु भयो ।
यो परियोजनाले सुभारम्भ भएसंगै नागरिकले कानूनी अधिकार र सुरक्षा प्रक्रियाहरूको बारेमा जानकारी हांसिल गर्न सक्ने बताउनु भयो ।कार्यक्रमले नागरिकहरूको समस्याहरूको समाधान गर्दै समाजमा न्याय र सुरक्षाको प्रत्याभूत गर्न सक्ने बताउनु भयो ।
कार्यक्रम अवधिमा संस्थाले कार्यक्रम संचालनको क्रममा कसैलाई हानी पुराउने कार्यक्रम नगर्ने ,गोपनियतालाई ख्याल गर्नेव,सूचना राख्दा सम्बन्धि क्षेत्र र पात्रको अनुमानि र कार्य क्षेत्रमा मितब्यतालाई क्याल गर्दै ४ सिद्धान्तमा आधारित रहेर कार्यक्रममा गर्ने पिन(people need ) कार्यक्रम संयोजक एलिजा तुलाधरले बताउनु भयो ।स्थानीय सरकारसँग समन्वकारी संयन्त्र निर्माण गर्ने सुरक्षा र न्याय सम्बन्धि कार्यक्रमलाई अगाडी सार्ने उहाले बाताउनु भयो ।त्यस्तै कार्यक्रममा शिवराज नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र बेल्बासे, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सुजन साहलगायतले कार्यक्रम सफलताको लागि शुभकामना मन्तव्य राख्नु भएको थियो ।