एमाले शिवराज वडा ४ अधिवेशन: जि सिको अध्यक्षतामा नयाँ कमिटी गठन


कपिलवस्तु – नेकपा एमाले शिवराज नगरपालिका   वडा नम्बर ४ को दोस्रो वडा अधिवेशन सप्पन्न  भएको छ ।आज बनकट्टी दुर्गा मन्दिरको सभाहलमा सम्पन्न भएको  अधिवेशनले राजेन्द्र जिसीको अध्यक्षतामा २१ सदस्यीय वडाकमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा  अब्दुल मन्नान शेख, सचिवमा  दुर्गाप्रसाद गौतम, उपसचिव पदमा किफायतुल्ला मनिहार र  शारदा खनाल तिवारी चयन  हुनु भएको छ।

नेकपा एमालेको शिवराज वडा नम्बर ४ को दोस्रो अधिवेशनमा प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटी सदस्य कमरेड नेत्रराज अधिकारीले पार्टीको संगठनात्मक मजबूती र नयाँ नेतृत्वको महत्वलाई जोड दिएका छन्। उनले समारोहमा बोल्दै भने, “यो अधिवेशनले पार्टीको आधारभूत संरचना बलियो पार्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। नयाँ नेतृत्वले पार्टीको नीति र कार्यक्रमलाई जनताको बीचमा प्रभावकारी रूपमा पुर्याउन महत्वपूर्ण योगदान गर्नेछ।”

 

कार्यक्रम लाई सम्बोधन  गर्दै एमाले  प्रदेश  सदस्य नेत्र राज  अधिकारीले  नवनिर्वाचित वडाकमिटीलाई बधाई दिँदै,पार्टीका लक्ष्य प्राप्त गर्नका लागि सबै सदस्यहरूको सक्रियता र सहकार्य आवश्यक  रहेको बताउनु भयो । यस अधिवेशनले पार्टीलाई स्थानीयस्तरमा बलियो बनाउन मद्दत  गर्ने बताउनु भयो  । सबै मिलेर पार्टीलाई नयाँ उचाइमा पुर्याउने दृढ संकल्पका साथ लाग्नु पर्ने बताउनु भयो  ।

 

कार्यक्रममा  एमाले शिवराज नगर कमिटीका अध्यक्ष महादेव पोखरेलले वडा अधिवेशनले हाम्रो पार्टीलाई सशक्त र संगठित बनाउने दिशामा महत्वपूर्ण कदम  चाल्ने बताउनु भयो  ।

अध्यक्ष पोखरेलले नवनिर्वाचित वडाकमिटीलाई बधाई दिंदै, उनीहरूले पार्टीको नीति र लक्ष्यलाई जनतासम्म पुर्याउने  वडाको नेतृत्व  लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य बाबुराम सापकोटा,  जगत प्रसाद पौडेल लगायतले निर्वाचित कमिटीलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य  नेत्रराज अधिकारी प्रमुख आतिथ्यता , वडा कमिटी अध्यक्ष ईश्वर बहादुर खनालले  अध्यक्षतामा सम्पन्न  भेलाको  संचालन वडा सचिव दुर्गाप्रसाद गौतमले गर्नु भएको थियो ।

 

धेरै पढिएको

ताजा समाचार