शिवराज ९ मा केसीको अध्यक्षतामा एमालेको वडा कमिटी गठन


कपिलवस्तु   – नेकपा (एमाले) शिवराज नगरपालिका वडा नं. ९ मा डुका केसीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ। यो कमिटी दाेस्राे वडा अधिवेशनबाट चयन भएको हो।

कमिटीको उपाध्यक्षमा अतित पुन, सचिव पदम राज स्वती, र उप सचिवमा पुर्ण बहादुर सुनार र पर्सुराम घर्ती मगर चयन भएका छन्। अन्य सदस्यहरूमा कमला सुवेदी, दल कुमारी बिष्ट, लाला बहादुर जगि, डवला सिंह सुनार, केश बहादुर थापा, कमला जिसी, सुकबिर सुनार, स्ययाम दमाई, रामलाल चाैधरी, र सुमित्रा सुनार रहेका छन्।

वडा अधिवेशनमा एमाले प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, एमाले नेता लंक बहादुर हमाल, नगर कमिटी अध्यक्ष महादेब पोखरेल, जिल्ला कमिटी सदस्य बाबुराम खनाल, र बिष्णु साेतीले नव निर्वाचित वडा कमिटीलाइ शुभकामना दिएका थिए।

कार्यक्रममा विभिन्न कमिटीका नेता तथा कार्यकर्ताहरूको सहभागीता रहेको थियो।

धेरै पढिएको

ताजा समाचार