शिवराज २ मा रेग्मीको अध्यक्षतामा एमाले वडा कमिटी गठन


कपिलवस्तु -शिवराज नगरपालिका वडा नं. २ मा नेकपा (एमाले) को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ, जसमा रामकृष्ण रेग्मीको अध्यक्षतामा १९ सदस्यीय नयाँ वडा कमिटी गठन गरिएको छ।

कमिटीमा उपाध्यक्षको जिम्मेवारी कल्लु थारूलाई दिइएको छ भने सचिव भानुभक्त खनाल र उपसचिवमा ग्रिष्मा तामाङ र ऋषिराम लम्साल चयन भएका छन्।

अन्य सदस्यहरूमा बाबुराम रेग्मी, गाेपाल चाैधरी, उमाकान्त खनाल, चिन्कु लाेहार, ईस्लाम मुसलमान, दयाराम यादव, हिमकुमारी मिदुन, गंगा गाैतम, बिष्णु कुमारी बस्याल, शाेभा अर्याल, सरिता चाैधरी, ईश्वर पाेख्रेल, रामटुलारी चाैधरी र मंगल चाैधरी रहेका छन्।

वडा अधिवेशनमा एमाले प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज नेत्रराज अधिकारी, प्रदेश कमिटी सदस्य अर्जुन कुमार केसी, नगर कमिटी अध्यक्ष महादेब पोखरेल लगायतले  नव निर्वाचित वडा कमिटीलाइ पार्टीलाई बलियो र मजबुत बनाउन लागि पर्न आग्रह गर्दै शुभकामना दिएका थिए।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य बाबुराम खनाल, जगत पाैडेल, लक्ष्मी हमाल, कविराज अधिकारी, नगर कमिटी सचिव राेसन एमसी, तथा पार्टीका विभिन्न कमिटीका नेता तथा कार्यकर्ताहरूको सहभागीता रहेको थियो।

धेरै पढिएको

ताजा समाचार