
कपिलवस्तु -नेकपा एमाले शिवराज-५ को दोस्रो वडा अधिवेशन असोज १० गते कपिलवस्तुको व्यापार संघको हलमा हुने भएको छ।
वडा कमिटी अध्यक्ष प्रेम सुनारले यस अधिवेशनका लागि शिवराज नगरपालिकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, र नगर कमिटी मातहतका अग्रज नेताहरू, विभिन्न जनवर्गीय संगठनका पदाधिकारीहरू तथा पार्टी संगठित सदस्यहरूसबैलाई सहभागिता जनाउन आग्रह गर्नु भएको छ ।
यस अधिवेशनमा पार्टीका नीतिगत छलफल, नयाँ नेतृत्व चयन ,संगठन सुदृढीकरण तथा आगामी कार्यक्रमको योजना निर्माण हुने अध्यक्ष सुनारले बताउनु भयो ।