
नवराज पौडेल कपिलवस्तु-
नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति कपिलवस्तुको भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । शनिबार संघको आयोजनामा बाणगंगा नगरपालिका– १ बुङचीमा अवस्थित श्रीपेच होटलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेस लुम्विनी प्रदेश कार्यसमिती सदस्य रुक बहादुर भुसालले खेलकुदका माध्यमबाट सबैलाई एकजुट बनाउन सम्पुर्णले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहांले नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति कपिलवस्तुका अध्यक्ष पदम प्रताप सेनले खेलकुद क्षेत्रको माध्यमबाट सबैलाई एकताबद्ध गर्न सक्नुपर्ने बताउनु भयो ।
खेलकुद कार्यक्रमका लागी पार्टी तथा प्रदेश समितीले सहयोग गर्ने प्रतिवद्धता जनाउनुदै मनोनित समिती सदस्यहरुलाई शुभकामना दिनुभयो । कार्यक्रमलाई लुम्विनी प्रदेश समिती सदस्य लक्ष्मी थारु,नेपाली कांगे्रस जिल्ला सचिव शक्ती सिंह ठकुरी, महासमिती सदस्य दुर्गा सेन, गुण लक्ष्मी ज्ञवाली,कमल टण्डन लगाएतले शुभकामना दिनुभएको थियो ।
खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई यसले शारीरिक स्वास्थ्य, मानसिक सुदृढता, अनुशासन र एकताको भावना विकास गने माध्यम भएकाले खेलकुदले युवाहरूलाई सकारात्मक ऊर्जा दिने र उनीहरूको नेतृत्व तथा प्रतिस्पर्धात्मक क्षमतालाई निखार्नेकाम गर्ने काम भएकाले अब जिल्ला प्रत्येक स्थानीय तहले खेलकुदलाई प्राथमिकता दिन आवश्यक रहेको बताउँदै त्यसका लागी आफुहरुले दबाब सिर्जना गर्ने नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुका अध्यक्ष पदम प्रताप सेनले बताउनु भयो ।
उहांले पछिल्लो समय नेपाल विश्व जगतकै ठूला खेलकुद प्रतियोगितामा सहभागी भएर राम्रो खेल प्रदर्शन गर्न लागेको भन्दै खुशी व्यक्त गर्नुभयो । अब स्थानीय स्तरबाटै लगानी बढाउन सके निकट भविष्यमा खेलकुद क्षेत्रमा फड्को मार्न सकिने दाबी गर्नुभयो ।
राजनितिक, आर्थिक, सामाजिक, धार्मिक, जातीय रुपमा मानिसहरु विभाजित हुन सक्ने भए पनि खेलकुदले सिंगो राष्ट्रलाई एकताबद्ध गर्न सक्ने अध्यक्ष सेनको भनाई छ ।
कार्यक्रममा १० पालिकाबाट सहभागी भएको पदाधिकारीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।