
कपिलवस्तु -राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले संगठनलाई सक्षम र सफल नेतृत्व गर्न सक्ने संस्था भएको भन्दै युवा संघले विशेष पहिचान बनाएको बताउनु भयो। कपिलवस्तुमा आयोजित राष्ट्रिय युवा संघको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष थेवेले युवाहरूको मुद्दालाई समेटेर अगाडि बढ्न नयाँ नेतृत्वलाई निर्देशन दिनु भएको छ् ।
उहाँले नयाँ नेतृत्वलाई टोल-टोलमा संगठन विस्तारको गर्दै युवा संघको प्रमुख आन्दोलन आत्मनिर्भर भएको भन्दै युवाहरूलाई रोजगारमुखी बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भयो ।देश निर्माण र उद्यमशीलताको पहिलो अभियान्ता युवा संघ नै बन्नुपर्ने बताउनु भयो ।
उद्यमशील यात्रा अगाडि बढाउन राज्यको लगानीलाई सदुपयोग गर्दै, युवाहरूले आत्मनिर्भर र उद्यमी अभियानमा युवा संघ लागेको भन्दै त्यो अभियानमा सबै युवालाई जोडिन आग्रह गर्नु भयो । गलत कार्यको खण्डन र समिक्षा गर्दै, एमालेलाई पहिलो निर्णायक पार्टी बनाउनका लागि युवाहरूले सक्रियता देखाउनु आवश्यक रहेको उहाँले बताउनुभयो।
अध्यक्ष थेवेले, “जहाँ युवा छन्, त्यहाँ युवा संघका कार्यक्रम पुर्याउनुपर्छ” भन्दै गाउँ-गाउँमा संघको उपस्थिति सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले अधिवेशनमा उपस्थित नभएका युवाहरूसम्म पनि संगठनको पहुँच पुर्याउन गम्भीर भएर युवा संघ लाग्नु पर्ने बताउनु भयो ।