कपिलवस्तुमा युवा संघको नयाँ नेतृत्व:अध्यक्ष गिरी ,उपाध्यक्षमा सापकोटा


कपिलवस्तु -कपिलवस्तुको ११ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै तिलाराम गिरीको अध्यक्षतामा ४३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

अधिवेशनमा उपाध्यक्षमा मदन सापकोटा, सचिवमा पवन पाण्डे, उपसचिवमा त्रिपुरारी मिश्रा, पिपा राना र कोषाध्यक्षमा तैयब खां निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष गिरीले युवाहरूको समस्या समाधान गर्दै संगठनलाई थप सबल र सशक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

 

धेरै पढिएको

ताजा समाचार