
कपिलवस्तु-एमाले केन्द्रिय सदस्य एवम राष्ट्रिय युवा संघ नेपालका केन्दिय सदस्य राजिव पहारीले युवा संघ लाई मिसन इलेक्सनको रुपमा लाग्न निर्देशन गर्नु भएको छ ।
राष्ट्रिय युवा संघ कपिलवस्तुको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । आगामी निर्वाचनमा एमालेलाई बहुमत सहितको पहिलो पार्टी बनाउन युवाहरु आजै देखि लाग्नु पर्ने बताउनु भयो ।
वर्तमान समयमा युवाहरुको भुमिका महत्वपुर्ण रहेको भन्दै युवाहरु सिर्जनशील र सकरात्मक कार्यमा लाग्न आहन गर्नु भयो ।अधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्षक्षितिज थेवेले संगठनलाई सक्षम र सफल नेतृत्व गर्न सक्ने संस्था युवा संघ भएको भन्दै युवा संघले विशेष पहिचान बनाएको बताउनु भयो।
राष्ट्रिय युवा संघ कपिलवस्तुको ११ औं जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष थेवेले युवाहरूको मुद्दालाई समेटेर अगाडि बढ्न नयाँ नेतृत्वलाई निर्देशन दिनु भएको छ ।
युवाहरूले आत्मनिर्भर र उद्यमी अभियानमा युवा संघ लागेको भन्दै त्यो अभियानमा सबै युवालाई जोडिन आग्रह गर्नु भयो । जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पुष्प राज श्रेष्ठले युवा संघ पार्टीको मूल प्रवाह भएको संगठन भएको बताउनुभयो। उहाँले सामाजिक, आर्थिक र राजनीतिक विरासतलाई कायम राख्न युवा संघले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भयो ।
साथै देश र नागरिकको हितका लागि जुनसुकै कार्य गर्न युवा संघ सधैं अग्रसर रहनु पर्ने बताउनु भयो ।
त्यस्तै युवा संघका महासचिव सुमन पुरीले युवाहरूलाई संगठित भएर राष्ट्र निर्माणमा योगदान दिन आह्वान गर्नुभयो। उहाँले युवा संघले सदैव देश र जनताको सेवामा अग्रसर रहनुपर्नेमा जोड दिनुभयो।
सनिश्चवार सम्पन्न अधिवेशन लाई सम्बोधन गर्दै एमाले निर्वाचन आयोगका केन्द्रीय सदस्य झबिलाल पोख्रेलले युवाहरूलाई राष्ट्र निर्माण र समाज परिवर्तनको मूल शक्ति भएको बताउनुभयो। उहाँले युवा संघलाई पार्टीको सशक्त संगठनको रूपमा अघि बढ्न प्रेरित गर्दै नेतृत्वदायी भूमिका खेल्न आह्वान गर्नुभयो।
साथै उहाँले वर्तमान राजनीतिक चुनौतीहरू समाधान गर्न युवाहरूको सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो।
जिल्ला अधिवेशनमा एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनाल,एमाले लुम्बिनी प्रदेश सदस्य डम्बर शर्मा , युवा संघका केन्द्रिय नेता ,एमाले नेतालगायतले जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै युवाहरूले पार्टी र राष्ट्र निर्माणमा थप योगदान पु¥याउन प्रेरणा प्रदान बताउनु भएको थियो ।
सनिश्चवार वाणगंगामा सम्पन्न भएको कपिलवस्तुको ११ औं जिल्ला अधिवेशनबाट तिलाराम गिरीको अध्यक्षतामा ४३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।अधिवेशनमा उपाध्यक्षमा मदन सापकोटा,सचिवमा पवन पाण्डे, उपसचिवमा त्रिपुरारी मिश्रा, पिपा राना र कोषाध्यक्षमा तैयब खां निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष गिरीले युवाहरूको समस्या समाधान गर्दै संगठनलाई थप सबल र सशक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।