शिवराज ५ मा एमालेको वडा अधिवेशन ,सुनारको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन


कपिलवस्तु -नेकपा एमाले शिवराज वडा कमिटी वडा नम्बर ५ काे दाेस्राे अधिवेशनबा वडा कमिटी अध्यक्षमा पुन प्रेम सुनार निर्वाचित हुनु भएको छ ।

चेम्बर अफ कमर्स कपिलवस्तुको हलमा भएको दाेस्राे वडा अधिवेशनबाट सुनारको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी चयन भएको छ । उपाध्यक्षमा शालिकराम पौडेल , सचिवमा जीवन केसी, उपसचिवमा बिष्णु भुसाल , सुलाेचना रायमाझी निर्वाचित हुनु भएको छ ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारीकाे प्रमुख आथित्यता , विशिष्ट अतिथि पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य अर्जुन कुमार केसी , एमाले नेता लंका बहादुर हमाल , जिल्ला कमिटी सदस्यहरु क्रमशः बाबुराम सापकोटा , जगत प्रसाद पौडेल , लक्ष्मी हमाल , खगी सुनार शिवराज नगरकमिटी अध्यक्ष महादेव पाेखरेल लगायतले निर्वाचित कमिटीलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

धेरै पढिएको

ताजा समाचार