शिवराजका सिमानामा रोट्रयाक्टको होडिङ बोर्ड


कपिलवस्तु -४५ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा रोट्रयाक्ट क्लब अफ कपिलवस्तुले स्थानीय स्तरमा नागरिक सुरक्षालाई ध्यानमा राख्दै शिवराज नगरपालिकाको धान खोला र बुद्धभूमि नगरपालिकाको सिमानामा पर्ने बेल नदी नजिकै आपतकालीन नम्बरहरू उल्लेखित होर्डिङ बोर्ड स्थापना गरेको छ।

उक्त होर्डिङ बोर्डमा वडा प्रहरी कार्यालय, दमकल सेवा, अस्पताल, र एम्बुलेन्स सेवा लगायतका महत्वपूर्ण आपतकालीन नम्बरहरू समावेश गरिएको छ।

क्लबका प्रेसिडेन्ट विष्णु पाण्डेले यस अभियानले पर्यटन क्षेत्रलाई मात्र नभई स्थानीय समुदायलाई पनि आपतकालीन अवस्थामा सजग रहन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सामाजिक उत्तरदायित्व अन्तर्गत रोट्रयाक्ट क्लब अफ कपिलवस्तुले विभिन्न जनकल्याणकारी कार्यक्रमहरू संचालन गर्दै आएको  रोट्याक्टर सन्तोष पौडेलले  बताउनु भयो । कार्यक्रमहरूले स्थानीय समुदायसँग क्लबको सम्बन्धलाई सुदृढ बनाउँदै जनताको सेवा र सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याइरहेको  पौडेलले जानकारी दिनुभयो।

त्यसैगरी, नेपालीहरुको महान् चाड दशैँ पर्वको अवसरमा रोट्रयाक्ट क्लब अफ कपिलवस्तुले  ‘भाग्य चिठ्ठा’ कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेको  रोट्याक्टर राकेश रायमाझीले बताउनु भयो  । यो कार्यक्रममार्फत क्लबले स्थानीय तहमा विविध सांस्कृतिक तथा सामाजिक गतिविधिहरूमा सहभागीता जनाउन र आर्थिक संकलन गर्न पनि मद्दत पुग्ने जानकारी दिनुभयो।

रोट्रयाक्ट क्लब अफ कपिलवस्तुले विगतदेखि नै पर्यटन प्रवर्द्धन, आपतकालीन सेवा, र सामाजिक सचेतनासँग सम्बन्धित कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ।

 

धेरै पढिएको

ताजा समाचार