रहतावल वनको दोस्रो साधारण सभा सम्पन्न


टुडे पत्र कपिलवस्तु -रहतावल सामुदायिक वन उपभोक्ता समूहको दोस्रो वार्षिक साधारण सभा शिवराज नगरपालिका-५, चन्द्रौटामा  सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीले सामुदायिक वनको संरक्षण र यसको दिगो व्यवस्थापनको महत्त्वलाई जोड दिनु भयो।

उहांले सामुदायिक वनले वातावरणीय संरक्षणका साथै स्थानिय जनताको जीवनस्तर सुधारमा योगदान पुर्‍याइरहेको बताउनु भयो ।

उक्त कार्यक्रममा  डिभिजन वन कार्यालय गौतमबुद्ध, चन्द्रौटा, कपिलवस्तुका डिभिजनल वन अधिकृत राजु क्षेत्रीले वन संरक्षणमा स्थानिय समुदायको सक्रिय भूमिकाको  बताउनु भयो।

रहतावल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यज्ञबहादुर बेल्वासेले कार्यक्रममा नीतिहरू र आगामी कार्यक्रमहरूको बारेमा प्रस्तुत गर्दै  उहांले वनको संरक्षण र व्यवस्थापनमा अझै सशक्त  भएर लाग्ने बताउनु भयो ।

कार्यक्रममा  रहतावल सामुदायिक वन उपभोक्ता समूहका  कार्यालय  सचिव उत्तम चौधरीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनको वार्षिक आय-व्यय विवरणको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा अन्य स्थानीय पदाधिकारी, वन संरक्षणकर्मी, र उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

धेरै पढिएको

ताजा समाचार