कपिलवस्तु -नेकपा एमाले शिवराज नगरपालिका वडा नम्बर ३ को दोस्रो वडा अधिवेशनबाट नरबहादुर पौडेलको नेतृत्वमा २९ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत रूपमा चयन भएको छ।
उपाध्यक्षमा श्यामलाल चौधरी, सचिवमा तुलसी भुसाल, उप-सचिवमा भान सिंह बि.क र तुलसा भट्टराईलाई निर्विरोध रूपमा चयन गरिएको छ।
एमाले शिवरा ३ नम्बर वडाको अधिवेशनमा एमाले प्रदेश सदस्य नेत्र राज अधिकारी र अर्जुन केसीले सम्बोधन गरेका छन्।
एमाले प्रदेश सदस्य नेत्र राज अधिकारीले अधिवेशनमा सम्बोधन गर्दै पार्टी संगठनलाई थप सुदृढ पार्नुपर्नेमा जोड दिनु भयो । अधिकारीले पार्टीको आन्तरिक एकता र जनसमर्थनलाई निरन्तर बलियो बनाउँदै जानुपर्नेमा जोड दिनु भयो।
एमाले प्रदेश अर्जुन केसीले पार्टी संगठनमा युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको र उनीहरूको योगदानले पार्टीलाई अझ सशक्त बनाउन सकिने बताउनु भयो । उहांले पार्टीलाई नयाँ पुस्तासम्म पुर्याउन र वडास्तरमा सुधार ल्याउनुपर्ने बताउनु भयो ।
अधिवेशनमा एमाले जिल्ला सदस्य बाबुराम सापकोटाले पार्टी संगठनलाई सुदृढ बनाउन वडा स्तरका कमिटीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
एमाले नेता लंक हमालले संगठनलाई जनतामुखी बनाउन र जनताको समस्याहरूलाई केन्द्रमा राख्दै काम गर्नुपर्नेमा एमाले नेता लंक हमालले बताउनु भयो।
एमाले शिवराज अध्यक्ष महादेव पोखरेलले पार्टीले स्थानीय स्तरमा जनतासँगको सम्पर्क समन्वय अझ बलियो बनाउनुपर्ने धारणा राख्नुभयो।
पोखरेलले नयाँ नेतृत्वलाई बधाई दिँदै जनतासँग प्रत्यक्ष सम्पर्कमा रहँदै पार्टीको नीतिलाई जनस्तरमा पुर्याउन आग्रह गर्नुभयो।
उपाध्यक्ष टेकलाल सापकोटा र सचिव रोसन एमसीको पनि उपस्थिति रहेको यो अधिवेशनमा स्थानीय नेताहरूको उल्लेखनीय सहभागिता थियो।