कपिलवस्तु, असोज १४ – कपिलवस्तुमा सूचनाको हक सम्बन्धि दुई दिने प्रशिक्षण आज देखि सुरु भएको छ। कार्यक्रममा ४० भन्दा बढी प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ। प्रशिक्षण शिविरमा लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीले उद्घाटन मन्तव्य दिदैं सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउने र नागरिकलाई सशक्त बनाउने महत्वपूर्ण साधन रहेको बताउनु भयो।
कार्यक्रममा सूचनाको हकको लागि राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष तारा भण्डारीले मन्तव्य सूचनाको हकलाई प्रभावकारी बनाउन सञ्चारकर्मी र सरोकारवाला सबैको जिम्मेवारी रहेको बताउनु भयो।
सूचनाको हकको लागि राष्ट्रिय महासंघका अभियन्ता राकेश मिश्र, अम्बिका परियार र हिरामति चौधरीले प्रशिक्षण दिनु भएको थियोे ।
कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले सूचनाको पहुँचले नागरिकलाई सचेत गराउन र सरकारी कामकाजमा पारदर्शिता ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका सूचना अधिकारी बिपिन खनाल, राष्ट्रिय सूचना महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष रिया बस्नेत र पत्रकार महासंघ प्रदेश सदस्य चिन्ता परियारले शुभकामना मन्तव्य दिनु भएको थियो ।
प्रशिक्षण कार्यक्रम राष्ट्रिय सूचना महासंघ कपिलवस्तुका अध्यक्ष बसन्त बन्जाडेको अध्यक्षता तथा प्रदेश सदस्य अर्जुन बेल्वासेको स्वागत मन्तव्य , सूचनाको हकको लागि राष्ट्रिय महासंघका अभियन्ता सनिउल्ला धोवीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।