कपिलवस्तु -कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्था लिमिटेड, शिवराज ५ चन्द्रौटाको पाचौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सहकारीका अध्यक्ष जगत प्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम आयोजना भएको थियो। प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य अर्जुनकुमार केसी, शिवराज नगर प्रमुख अजय थापा, संस्थापक नगर प्रमुख नेत्रराज अधिकारी, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा सहकारीका संस्थापक अध्यक्ष महादेव पोखरेल, वडा नं. ५ का अध्यक्ष नेत्रप्रसाद बेल्वासे, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान जिल्ला शाखा सभापति विष्णु प्रसाद खतिवडा, शिवराज सहकारी सञ्जालका अध्यक्ष शरद अधिकारी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहकारीका सल्लाहकार अर्जुन सापकोटा, बेगम बिश्वकर्मा, प्रेमकला पौडेल, नारायण प्रसाद पौडेल, सामाजिक विकास मञ्च नेपालका अध्यक्ष रामप्रसाद पौडेल, विष्णु प्रसाद अधिकारी लगायतको पनि उपस्थिति थियो। कार्यक्रममा उत्कृष्ट बचतकर्ता र असली ऋणीलाई सम्मान गरिएको थियो।
सहकारीका अध्यक्ष जगत प्रसाद पौडेलले यो वर्ष झण्डै ६ करोड भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य रहेको वार्षिक कार्ययोजना प्रस्तुत गर्दै सहकारीको भावी योजना बारेमा प्रकाश पार्नु भएको थियो । अतिथिहरूले सहकारीलाई दिगो रुपमा सञ्चालन गर्न सबैको सहकार्य, पारदर्शीता र उद्देश्य अनुसारको काममा ध्यान दिन सुझाव दिनु भएको थियो ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष गोपाल बन्जाडेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । सचिव होतराज पोखरेल शिशिरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने सहप्रबन्धक सरस्वती पन्थीले कार्यक्रमबारे जानकारी गराउनु भएको थियो द।