
कपिलवस्तु, चन्द्रौटा – कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा( चैनपुर ) मा पहिलो पटक डान्सबार तथा दोहोरी साझको उद्घाटन हुँदैछ। वडा दशैको पावन अवसरमा सुबिधा सम्पन्न शिवराज डान्सबार तथा रोधिघर संचालन हुने भएको छ । आज (घटस्थापना )दिन एक कार्यक्रमका बिच विधिवत रुपमा होटेल तथा पर्यटन ब्यावसाइ संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलले उद्घाटन गर्ने तय गरिएको जनाइएको छ । यस डान्सबार र दोहोरी साझको स्थापना स्थानीय युवा र कलाकारहरूलाई मनोरञ्जनको नयाँ विकल्प उपलब्ध गराउने उद्देश्यले गरिएको हो। यहाँ स्थानीय संगीत र नृत्यको आनन्द लिँदै, बासिन्दा र आगन्तुकहरूले सांस्कृतिक कार्यक्रमहरूको मजा लिन सक्ने संचालक नारायण भुसाले बताउनु भयो ।
यस आयोजनाले कपिलवस्तुको चन्द्रौटा क्षेत्रको पर्यटन र व्यवसायिक क्षेत्रलाई नयाँ आयाम दिन सक्ने विश्वास गरिएको उहाले बताउनु भयो । डान्सबारमा विशेष प्रदर्शन, स्थानीय कलाकारहरूको प्रस्तुति र दोहोरी संगीतको कार्यक्रम हुनेछन्, जसले यहाँको सांगीतिक संस्कृतिलाई समृद्ध बनाउने अपेक्षा गरिएको छ।
स्थानीय समुदायको लागि यो अवसर केवल मनोरञ्जनको क्षेत्रमा मात्रै सीमित रहनु होइन, व्यवसायिक दृष्टिले पनि फाइदाजनक हुनेछ। यसले रोजगारका अवसरहरू सिर्जना गर्दै, चन्द्रौटाको आर्थिक विकासमा योगदान गर्ने तथा
स्थानीय प्रमुख, व्यवसायी, कलाकार र बासिन्दाहरूको सहभागिता सुनिश्चित भएको हुँदा । यो उद्घाटनले कपिलवस्तुको सांस्कृतिक जीवनमा नयाँ रङ थप्ने बिश्वास लिइएको भुसालले बताउनु भयो ।
यस नयाँ डान्सबार र दोहोरी साझको उद्घाटनले कपिलवस्तुलाई मनोरञ्जनका लागि एक प्रमुख गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ स्थानीय सरकार र समाजका सबै तहका सहभागिताले यस पहललाई सफल बनाउन मद्दत गर्नेछ भन्ने विश्वास व्यक्त गरिएको छ।