
चन्द्रौटा -कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ मा संचालित प्रथम वडा अध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न भएको छ।
वडा अध्यक्ष कप भलिवल प्रतियोगिताको समापन समारोह लाई सम्बोधन गर्दै वडा अध्यक्ष टेकलाल सापकोटाले वडा कपले खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नका लागि प्रोत्साहित गर्ने बताउनु भयो । वडा अध्यक्ष सापकोटाले केल र खेलाडी लाई प्रोत्साहन गर्न आगामी दिनम पनि यस्ता प्रतियोगिता निरन्तर आयोजना गरिने बताउनु भयो। खेलकुदले युवाहरूलाई अनुशासित बनाउन मद्दत गर्दै समृद्धिको आधार तय गर्न सहयोग पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।
लोक सञ्चार मिडिया प्रा.लि. द्वारा आयोजना र वडा नं. ३ को सहयोगमा तीन दिनसम्म चलेको खेलमा ३–२ को सेटमा राइजिङ स्टार युवा क्लव चन्द्रौटालाई पछि पार्दै जित हासिल गरेको हो ।
राइजिङ स्टार युवा क्लव चन्द्रौटाले द्धितिय स्थानमा चित्त बुझाएको छ । यस्तै तृतिय स्थानमा बुद्धभुमी भलिवल कलवले तिनघरे भलिवल कल्वलाई २–१ को सेटमा पराजित गर्दै तृतिय स्थान हासिल गरेको छ ।
प्रथम हने आयोजकले रु १५ हजार मेडल र प्रमाण पत्र, द्धितिय हुने राइजिङ स्टार युवा क्लवले रु ८ हजार मेडल र प्रमाण पत्र र तृतिय हुने बुद्धभुमी भलिवल कलवल रु ५ हजार मेडल र प्रमाण पत्र हात पार्न सफल भएको हो प्रतियोगितामा कुल ११ टिमको सहभागिता रहेको लोक सञ्चार मिडिया प्रा.लि का संयोजक नवराज पौडेलले जानकारी दिनु भयो ।