
अरनिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। सभाको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री अर्जुन कुमार केसीले सहकारीलाई उत्पादनसँग जोड्न आवश्यक रहेको र रोजगारमुखी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले सहकारीहरूले देशको आर्थिक उन्नतिमा महत्त्वपूर्ण योगदान हुने भन्दै उत्पादनशील क्षेत्रमा सहकारीको भूमिका सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य महादेव पोखरेलले सहकारीले स्थानीय समुदायलाई आर्थिक सबलीकरणमा योगदान पुर्याउनुपर्नेमा जोड दिनुभयो।
विगुल बचत तथा ऋण सहकारीका अध्यक्ष नर बहादुर पौडेलले सहकारीले सदस्यहरूको आर्थिक विकासमा सहयोग पुर्याउन निरन्तर क्रियाशील रहनुपर्ने बताउनु भयो।
सहकारी संजाल शिवराजका अध्यक्ष सरद अधिकारीले सहकारीहरूको प्रभावकारी सञ्चालन र पारदर्शितामा जोड दिनु भयो।
त्यस्तै निवर्तमान अध्यक्ष दमन भाट क्षेत्री (नारायण) ले सहकारीहरूलाई अझ सबल र सशक्त बनाउन वर्तमान नेतृत्वले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो।
आज सम्पन्न १५ औं साधारण सभामा अरनिको बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष द्रोण प्रसाद अधिकारीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजनाबारे प्रस्तुति दिनुभयो। उहाँले संस्थाले आर्थिक वर्षभरि गरेका उपलब्धिहरू र चुनौतीहरूको समीक्षा गर्दै भावी योजनाहरू प्रस्तुत गर्नु भएको थियो ।
साधारण सभामा कोषाध्यक्ष कमला डुम्रेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय-व्यय र बजेटको विस्तृत जानकारी दिनु भयो। आर्थिक प्रतिवेदनमा उठेका विषयहरूलाई कोषाध्यक्ष र व्यवस्थापक बामदेव भण्डारीले प्रस्ट पार्दै सदस्यहरूलाई प्रतिवेदनमा रहेका बुँदाहरूको स्पष्ट विवरण दिनु भएको थियो ।
साधारण सभामा बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा ,शिवराज नगरपालिका सहकारी साखा लक्ष्मी कणेल, चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे ,शिवराज नगरपालिकाका वडा अध्यक्षहरु, सस्थाका सेयर सदस्य लगायतको बाक्लो सहभागिता रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष द्रोण प्रसाद उपाध्यायको अध्यक्षता , उपाध्यक्ष राजेन्द्र आचार्यको स्वागत मन्तव्य , सचिव नमराज न्यौपानेको संचालनमा सम्पन्न साधारण सभामा शिवराज नगरपालिका बाट एसइइ र कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने सामुदायिक र सस्थागत विद्यालयका छात्र छात्रालाई सम्मान गरेको थियो । त्यस्तै ७० बर्षका जेष्ठ नागरिकलाई समेत सम्मान गरेको संस्थाका काेषाध्क्ष कमला डुम्रेले जानकारी दिनु भयो ।