
चन्द्रौटा -कपिलवस्तु साझेदारी वन उपभोक्त समूहको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समूहका अध्यक्ष गंगेशनाथ तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व वन मन्त्री तथा प्रदेश सभा सदस्य अर्जुन कुमार केसी प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो ।
प्रमुख अतिथि केसीले सामुदायिक वनको संरक्षण र यसको दिगो व्यवस्थापनमा जोडदिनु पर्ने बताउनु भयो ।
पुर्वमन्त्री केसीले सामुदायिक वनले प्राकृतिक स्रोतहरूको संरक्षण मात्र नभई, स्थानीय अर्थतन्त्रलाई समेत मजबुत बनाएको बताउनु भयो । वनको प्रभावकारी व्यवस्थापनले वातावरण संरक्षण, रोजगारी सृजना, र जैविक विविधताको प्रवर्द्धनमा ठूलो योगदान पुर्याएको सांसद केसीको भनाई रहेको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले पनि वन व्यवस्थापनमा स्थानीय समुदायको भूमिकाको प्रशंसा रहेको बताउनुभयो । लामिछानेले सामुदायिक वनले समुदायलाई आर्थिक र सामाजिक रूपमा सबल बनाउन ठूलो योगदान पुर्याएको बताउनु भयो ।
गौतम बुद्ध डिभिजन वन कार्यालयका डिभिजनल अधिकृत राजु क्षेत्रीले सामुदायिक वनको व्यवस्थापनमा सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याउनु भयो । वन संरक्षण र दिगो व्यवस्थापनका लागि स्थानीय सरकार, उपभोक्त समूह, र सरकारी निकायहरू बीच सहकार्य हुनुपर्ने बताउनु भयो ।
साझेदारी वनका अध्यक्ष गंगेशनाथ तिवारीले वनको सफल व्यवस्थापनमा समुदायको सक्रिय सहभागिताको महत्त्वलाई जोडदिनु भयो । “साझेदारी वन सामूहिक प्रयास र प्रतिबद्धताको नतिजा हो, र दिगो विकासका लागि निरन्तर काम गर्दै यसलाई अझ सुदृढ बनाउन हामी सबैले मिलेर लाग्नुपर्छ अध्यक्ष तिवारीले बताउनु भयो ।
साधारण सभामा वडाका जनप्रतिनिधि, कार्यपालिकाका सदस्यहरू, तथा सामुदायिक वनका अध्यक्षहरूको उपस्थितिमा शिवराज ३ खरेन्द्रपुरमा सप्पन्न भएको हो ।
शिवराज नगरपालिका वडा नम्बर ३ का अध्यक्ष टेकलाल सापकोटाले स्वागत मन्तव्य राख्दै सामुदायिक वनको महत्त्वलाई उजागर गर्नुभएको थियो ।
साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरियो ।