
कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३ मा रहेको ऐतिहासिक सोनवागढ मन्दिरलाई विजयदशमीको अवसरमा रंगरोगन गरिएको छ।
शिवपुर स्पेस केवल नेट शिवराज–१ का प्रमुख उमानाथ सुवेदीको पहलमा सामाजिक उत्तरदायित्व अन्तर्गत पालिकाको पर्यटकीय स्थलको रूपमा रहेको सोनवागढ मन्दिरलाई स्पेस केवल नेटले रङ रोगन गरेर चिटिक्क पारेको छ ।
ऐतिहासिक स्थल सोनवागढ मन्दिरको विकासका लागि तीनै तहको सरकारसँग पहल भइरहेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनु भयो ।
यस मन्दिरलाई पर्यटकहरुको लागि मुख्य गन्तव्य बनाउन विशाल मन्दिर, ग्रिनरी पार्क, बाल उद्यान, पिक्निक स्थल, धर्मशाला, सेल्फी जोन, ऐतिहासिक प्रवेशद्वार, र विभिन्न देवताका प्रतिमाहरू निर्माणको कार्यको थालनी भएको वडा अध्यक्ष सापकोटाले जानकारी दिनु भयो ।