सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट चौथो वर्षमा प्रवेश: पर्यटकीय आकर्षणमा बृद्धि


चन्द्रौटा -कपिलवस्तुको चन्द्रौटामा अवस्थित सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट चौथो वर्षमा प्रवेश गरेको छ ।

रिसोर्टको सन्चालक समितिका अध्यक्ष लक्ष्मण भण्डारीले रिसोर्टले यस क्षेत्रमा पर्यटनको नयाँ आयाम थपेको उल्लेख गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्नका लागि विभिन्न योजना ल्याएको जानकारी दिनुभयो ।

अध्यक्ष भण्डारीले विशेषगरी भारतका विभिन्न स्थानहरूमा कार्यालय स्थापना गरी त्यहाँका पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न प्रयासरत रहेको जानकारी दिनुभयो । उहाँका अनुसार, यस प्रयासले भारतका पर्यटकहरूलाई सहज रूपमा नेपाल भ्रमणमा ल्याउन मद्दत पुर्‍याउनेछ ।

संचालक समितिका अर्का सदस्य इश्वरी प्रसाद पाण्डेले भने भारतबाट नेपाल आउने पर्यटकहरूले प्रहरी प्रशासनसँगको असहजताको कारण नेपाल भ्रमणमा कठिनाइ महसुस गरिरहेको बताएका छन् । यो समस्या समाधानका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन आवश्यक रहेको पाण्डेको भनाइ छ ।

रिसोर्टमा स्थानीय पर्यटकहरूको लागि पनि विशेष कार्यक्रमहरूको आयोजना हुँदै आएको छ ।
सन्चालक सदस्य महादेव पोख्रेलले रिसोर्टले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याएको बताउँदै भविष्यमा अझ प्रभावकारी योजनाहरू अघि बढाउने आशा व्यक्त गर्नुभयो ।

सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टले क्षेत्रीय पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ, जसले स्थानीय रोजगारीको सिर्जना र स्थानीय स्रोतसाधनको सदुपयोगमा जोड दिएको छ ।

 

सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टको वार्षिक उत्सव कार्यक्रममा रिसोर्ट भित्रै बृक्षारोपण समेत गरिएको थियो ।

कार्यक्रमलाई विशेष र रंगीन बनाउन रिसोर्टका कर्मचारीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यस अवसरमा नेपालका विभिन्न सांस्कृतिक परम्परा र विविधता झल्काउने नृत्य, गीत, र लोक प्रदर्शनले माहोललाई जीवन्त बनाएको थियो ।

कार्यक्रममा कर्मचारीहरूले नेपालको विभिन्न जातीय समूहका परम्परागत नृत्य तथा सांस्कृतिक प्रस्तुति गरेका थिए, जसले उपस्थित पर्यटकहरूलाई नेपालका विविध सांस्कृतिक धरोहरको झलक दिएको थियो ।

कार्यक्रमको समापनमा उपस्थित पाहुनाहरूले सांस्कृतिक प्रस्तुतिहरूको प्रशंसा गर्दै यस प्रकारका कार्यक्रमले पर्यटनको विकासमा सघाउ पुर्‍याउने बताएका थिए

धेरै पढिएको

ताजा समाचार