कपिलवस्तु -सहज नेपालको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
साधारण सभामा संस्थापक अध्यक्ष चन्द्र गहतराजले संस्थाको सुरुआती यात्रालाई सम्झँदै भावी योजनाहरूमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनु भयो ।
पूर्व अध्यक्षहरू शम्भु सेन र शरद अधिकारीले पनि संस्थाको विकास र सामाजिक सेवामा यसको भूमिकाको प्रशंसा गर्दै भावी योजनासहित अगाडी बढनु पर्ने बताउनु भयो।
निवर्तमान अध्यक्ष सञ्जीव गहतराजले संस्थाको सुदृढिकरणका लागि आवश्यक कदमहरू प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता सहज नेपालका अध्यक्ष कौशल न्यौपानेको अध्यक्षता उपाध्यक्ष गीता पौडेलले स्वागत मन्तव्य ,सचिव तापस मिश्रको संंचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
साधारण सभामा संस्थाका विभिन्न सदस्यहरूको उपस्थिति थियो ।
सभामा आगामी वर्षका लागि नयाँ कार्ययोजना र नीतिहरू पारित गरियो। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।









