शिवराजमा पसल अनुगमन :प्लास्टिक माला जफत


कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिकाले बजार अनुगमनको क्रममा विभिन्न पसलहरूबाट प्लास्टिकका माला जफत गरेको छ।

यसअघि नै शिवराज नगरपालिका क्षेत्रभित्र कुनै पनि प्रकारका कृत्रिम फूल एवम् मालाको  उत्पादन ,  विक्री  तथा ओसारपसारमा प्रतिबन्ध लगाएको सूचनाको अटेरी  गर्दै कृत्रिम माला राखेर व्यापार गरिरहेको पाईए पछि नगरपालिकाले ती पसलहरूबाट प्लास्टिकका माला जफत गरेको हो।

नगरपालिकाले   प्लास्टिकजन्य उत्पादनहरू वातावरणको लागि हानिकारक हुने भएकाले नगरपालिकाले यसलाई निरुत्साहित गर्ने नीति लिएको  नगर प्रमुख  अजय थापाले बताउनुभयो।

नगरपालिकाले स्थानीय रूपमा उत्पादन गरिएका प्राकृतिक फूलहरूको प्रयोगलाई बढावा दिने योजना बनाएको  बताउनु भयो ।

नगरपालिकाले प्लास्टिक र कृत्रिम फूलहरूमा प्रतिबन्ध लगाएको छ अटेरी गरे  कारवाही हुने बताउनु भयो ।

धेरै पढिएको

ताजा समाचार