
चन्द्रौटा -कपिलवस्तुको विजयनगर गाउँपालिकामा सडकमा बिस्कुन सुकाउने, धान दाईँ लगाउने, पराल राख्ने, पशुचौपाया बाँध्ने, बाटो अवरोध गर्ने र फोहोर गर्ने जस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ।
गाउँपालिका वास संयोजक अर्जुन कुमार बेल्बासेले यस्ता गतिविधिले सडक दुर्घटनाको जोखिम बढाउन सक्ने हुँदा कारवाही अटेर गरि सडकमा धान सुकाउने , फोहोर गर्ने ,पशु चौपाया बाध्ने गरेको पाईएमा ५ सय देखि ५ हजार सम्म जरिवाना तिराईने बताउनु भयो
गाउँपालिकाले सरसफाई अभियानलाई निरन्तरता दिँदै अटेरी गर्ने व्यक्तिहरुलाई सम्झाईबुझाई गरिएको र अनुगमनलाई तीव्रता दिंदै सुन्दर र स्वच्छ विजयनगर निर्माणको लक्ष्यसहित पूर्ण सरसफाई उन्मुख गाउँपालिका अभियान सफल सबैलाई जिम्मेवारी पूरा गर्न बेल्बासेले आग्रह गर्नु भएको छ।