
कपिलवस्तु, १० कार्तिक —
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान लुम्बिनी प्रदेश र कपिलवस्तुको अधिवेशन सम्पन्न भएको छ । शनिवार चन्द्रौटामा आयोजित अधिवेशनले लुम्बिनी प्रदेश अध्यक्षमा पुनः भुमिराज भट्टराईलाई चयन गरेको छ ।
त्यस्तै कपिलवस्तु शाखाको आठौं साधारण सभा तथा पाँचौं अधिवेशनले विष्णु खतिवडालाई पुनः अध्यक्षमा चयन गरेको छ।अधिवेशनले २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा भुमिराज भट्टराई, बिमला पौडेल, र गुन्जा चौधरी चयन भएका छन्। सचिवमा खगेश्वर गिरि, सह-सचिवमा भक्ती पौडेल, र कोषाध्यक्षमा ॐ प्रकाश भण्डारी निर्वाचित भएका छन्।
अध्यक्ष विष्णु खतिवडाले अधिवेशनमा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मानव अधिकारको प्रवर्द्धनमा शाखाको योगदानबारे जानकारी गराए। उनले समाजमा रहेका चुनौतीहरू सामना गर्न संस्थालाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे।
लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन केसीले कार्यक्रमलाई सम्बोधन गर्दै मानव अधिकार प्रवर्द्धनका लागि संघसंस्थाहरू क्रियाशील हुनुपर्नेमा जोड दिए। उनले पछिल्ला दिनहरूमा समाजमा अपराध र विकृतिहरू बढ्दै गइरहेको बताउँदै नागरिकहरू सचेत रहनुपर्ने आवश्यकता औंल्याए। उनले चाडपर्वका बेला मादक पदार्थ सेवन, लागुऔषध दुर्व्यसन, र सडक दुर्घटनाहरूले जटिलता निम्त्याएको भन्दै सचेतना बढाउनुपर्ने धारणा राखे।
कार्यक्रममा घनश्याम पौडेल दम्पती, वडा नं. १ र ५ का अध्यक्ष , निरज गिरि, फर्स बहादुर बिक, र खगेश्वर गिरीलाई सम्मान गरिएको थियो। नयाँ सदस्यहरूलाई स्वागत गर्दै संस्थाले आगामी दिनमा थप योगदानको अपेक्षा राखेको छ।